नेपाली फिल्म क्षेत्रका सदाबहार अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेस पार्टीमा प्रवेश गरे । उनको काँग्रेस प्रवेशले नेपाली फिल्म क्षेत्रमा तरङ्ग पैदा गरेको छ ।राजेन्द्र लिङ्देनको नेतृत्व रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग पटक पटक पार्टी प्रवेशको विषयमा भेटघाट गरेका केसी अन्ततः काँग्रेस प्रवेश गरेका हुन् । उनी किन र केका लागि काँग्रेस प्रवेश गरे भनेर विभिन्न चर्चा परिचर्चा समेत फिल्म क्षेत्रमा भइरहेको छ । अहिले काँग्रेस नेतृत्वको सरकार भएको र सञ्चार तथा सूचना प्रविधि मन्त्रा