जिल्लामा फल्ने प्रांगारिक स्याउको उत्पादन बर्सेनि घट्दै गएको छ । स्याउ उत्पादन हुने क्षेत्र बढ्दै गए पनि सिँचाइ अभाव र मौसम परिवर्तनका कारण बर्सेनि स्याउको उत्पादन घट्दै गएको हो । जुम्लामा २०७६ मा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो भने २०७७ मा घटेर ६ हजार एक सय मेट्रिक टन मात्रै स्याउ उत्पादन भयो ।