इन्धन सकियाे, अब एक दिनकाे लागि मात्रै सञ्चय : श्रीलङ्का

श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको बताउनु भएको छ । अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको उहाँको भनाइ छ । मन्त्री विजेसेकेराले श्रीलङ्कामा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । धेरैजसो पेट्रोल पम्पमा तेल छैन । तेलको खोजीमा राजधानीका धेरै ठाउँमा नागरिकको लामो लाइन लाग्ने गरेको छ । मन्त्री विजेसेकेराले पेट्...

सम्बन्धित सामग्री

संकटको चरम सीमामा श्रीलङ्का : इन्धन अभावले विद्यालय बन्द

काठमाडौं : श्रीलङ्कामा आर्थिक संकटका कारण दिनप्रतिदिन समस्या चुलिँदै गएका छन्।यसैबीच सरकारले इन्धन अभावको कारण देखाउँदै सबै विद्यालय बन्दको घोषणा गरेको छ। विद्यालयहरु पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो।शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ याे निर्णय गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।गत हप्ता नगद अभ

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

कोलम्बो । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भई आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा ऊर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको […]

श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने

श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिएका हुन् । यस हप्ताका लागि आएको इन्धन प्राप्त नभएपछि श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको बताइएको छ ।बैंक तथा वित्तीय संस्था र अन्य सहयोगको अभावका कारण श्रीलङ्काको सरकारी आयल निगम सिलोन पेट्रोलियम वितरक कम्पनीले यहाँका सरकारी तथा निजी क्षेत्रलाई दिने इन्धनमा

अफिसको सट्टा घरबाटै काम गर्न श्रीलङ्का सरकारको आग्रह

काठमाडौँ । इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ । इन्धन अभावका कारण श्रीलङ्काका सयौँ पेट्रोल पम्प बन्द छन् भने सार्वजनिक यातायात […]

रुससँग इन्धन किन्न श्रीलङ्का तयार !

चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ ।एसाेसिएटेड प्रेस (एपी) सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै रूसी तेल खरिद गर्न आफू खुला रहेको बताउनुभएकाे छ ।  युक्रेन आक्रमणको विरोधमा पश्चिमा देशले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा आयात बन्द गरेका बेला प्रधानमन्त्री विक्रमसिङ्घेले रुसी तेल किन्न आफू खुला रहेको बताउनुभएकाे हाे । बाह्य ऋण बढिरहेको भए पनि उहाँले चीनबाट थप आर्थिक सहयोग प्राप्त गर्न आफू...

रुससँग इन्धन किन्न श्रीलङ्का तयार

कोलम्बो । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ । एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने जनाउँदै उनले रुसी तेल खरिद गर्न आफू खुला रहेको बताएका छन् । युक्रेन आक्रमणको विरोधमा पश्चिमा राष्ट्रले मस्कोमाथि कडा प्रतिबन्ध लगाएर उसबाट ऊर्जा […]

श्रीलङ्काले इन्धन आयात गर्न भारतसँग माग्याे ५० कराेड अमेरिकी डलर

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरूप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । त्यो रकम प्राप्त गर्न श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गएको हप्ता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गर्नुभएको थियो । यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त रकम हो । अतिरिक्त ऋणका लागि श्रीलङ्काली उच्चायुक्तले वार्ता गर्नुभएको हो । श्रीलङ्काले सन् १९४८ मा स्वतन्...

इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलव्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गर्नुभएको थियो । यसअघि […]

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । श्रीलङ्कामा चुलिएको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ । अभाव र महँगीविरुद्ध नागरिक सडकमा उत्रिएका छन् । आर्थिक सङ्कट चुलिँदै गएपछि श्रीलङ्कामा इन्धन, खाद्यान्न र औषधिसहित अत्यावश्यक वस्तु तथा से...