तिहार मनाउन गाउँ फर्किनेहरूलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।
सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरूलाई उपत्यकाका विभिन्न स्थानबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरूलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ ।
आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएको सर्वसाधा...