काठमाण्डाै – काठमाण्डाै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । मङ्गलवार काठमाण्डाै, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका पदाधिकारीसमेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले वैशाख ६ गते गरेकाे निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरको काठमाण्डाै जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।को...