अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ । यो घटना कहिले भएको हो भन्ने खुल्न सकेको छैन । केही मिडिया रिपोर्टका अनुसार झडप डिसेम्बर ९ अर्थात् गत शुक्रबार भएको थियो ।भारतको प्रमुख अंग्रेजी पत्रिका द हिन्दूले भारतीय रक्षा अधिकारीलाई उद्धृत गर्दै लेखेको छ कि अरुणाचलको तवाङमा भएको झडपमा भारतीय सैनिकभन्दा चिनियाँ सैनिक बढी घाइते भएका छन् । लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा दुई देशका सैनिकहरूबीच भएको हिंसात्मक झडपपछि यो पहिलो घटना हो । त्यसबेला २० भारतीय सैनिक