सरकारले १५ महिना देखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ ।
नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप अभियान चलाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त खोप अभियान अभियान आजबाट बैशाख १८ गतेसम्म चल्नेछ ।