विद्युतीय मिडिया नियमन गर्न सांसद केसीको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले विद्युतीय मिडियालाई प्रभावकारी बनाउँदै आवश्यक नियमन गर्न माग गरेका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिलगायत मन्त्रालयका विनियोजित शीर्षकमाथिको छलफलमा उनले प्रेस स्वतन्त्रता कायम राख्दै अनलाइनलगायत मिडियामा तथ्यहीन सामग्री नभई आवाजविहीन जनताको आवाजलाई सशक्त र प्रभावकारी बनाउन नियमन गर्नुपर्ने बताए। सांसद केसीले नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजनसहित नभई गोरखापत्र संस्थानलाई समेत स्वायत्तरुपमा सञ्चालन गर्ने वि