घरधनीको धरौटी जफत गर्दै बागलुङ नगरपालिका

बागलुङ बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पुर्याए ।  डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ । खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ । सडकमा क्षति पुर्याएर घर निर्माण सम्पन्न दिँदासमेत केही कारबाही नगरेर धरौटी रकम फिर्ता गरेको नगरपालिकाले सडकमा क्षति नपुर्याउने घरधनीलाई समेत एउटै नियम बनाएर अघि बढेको पाइएको छ । गत असारदेखि धरौटी रक