पोखरा, २० असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११ पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ । बाढीपहिरोका कारण अवरुद्ध भएको बिरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटकहरु घान्द्रुक पुग्न थालेका हुन् । बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा […]
काठमाडौँ । गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपदबाट बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन दुई वटा ऐन संशोधनको प्रस्ताव अघि बढेको बताएका छन् । सिंहदरबारमा मंगलवार बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले विपद्को क्षति अभूतपूर्व रहेको र त्यसलाई […]
काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका छन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने चेतावनी दिएका छन् । गृहमन्त्री गुरुङले लेखका छन्– ‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय […]
चितवन, २० असोज । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य सङ्घ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् । टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, […]
काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेड (SIKLES) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२.७०६ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले बोनस शेयरसँगै कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीका अनुसार प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट […]
कास्की, २० असोज । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणको काम पूरा भएसँगै यही असोज २५ गते घटस्थापनादेखि मन्दिर भक्तजनलाई लागि खुला गरिने भएको छ । फेवातालको बीचमा रहेको सानो टापुमा अवस्थित मन्दिरमा तालको किनार बाराहीघाटबाट डुङ्गा चढेर पुग्नुपर्छ । पुनर्निर्माणका क्रममा […]