काठमाडौँ : नेपाली कांग्रेसभित्र आगामी चुनाव एक्लै लड्ने निर्णय गरेर जानुपर्ने मत सशक्त बनेको छ। यही फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकबाटै अन्य कुनै राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने निर्णय पार्टीले लिनुपर्ने दबाव कांग्रेसभित्र चर्को छ। इतर समूह मात्रै नभई संस्थापन पक्षकै कतिपय नेता अब उप्रान्तका कुनै पनि चुनाव कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा छन्। महासमितिमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल तथा पारित गर्न शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा पनि नेताहरूले यो विष