बिहीबार धनगढीमा आयोजित संयुक्त बैठकमा दुवै देशका अधिकारीहरूले नेपाल–भारत सीमा क्षेत्रमा हुने उत्पन्न विवाद, दुई देशबीचमा रहेका विभिन्न सीमा स्तम्भहरूको मर्मत सम्भार तथा आवश्यक सुरक्षा व्यवस्थालगायत विषयमा छलफल भएको छ ।
काठमाडौं– सुरक्षा सम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १५औं बैठक सम्पन्न भएको छ । बैठकमा भारतीय टोलीको नेतृत्व विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए भने नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगानाले गरेका थिए । दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको […]
नेपाल र भारत सुरक्षासम्बन्धी विषयको नियमित बैठक शुक्रबार बैंग्लोरमा सम्पन्न भएको छ । द्विपक्षीय परामर्श समूहको १४ औं बैठकको नेतृत्व दुवै मुलुकको परराष्ट्र मन्त्रालयका सहसचिवले गरेका थिए ।