भ्रातृ संस्थालाई विपद् प्रभावित क्षेत्रमा परिचालन हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले विपद् प्रभावितको उद्धार तथा राहतमा परिचालन हुन आफ्नो पार्टीका भ्रातृ संस्थाहरूलाई निर्देशन दिएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनालाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग गर्न आग्रह गरेका छन्...