दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द हुने

गाेरखा – दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योगहरू बन्द हुने भएका छन् ।  ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिको आज बुधवार बसेको बैठकले गएको असार मसान्तसम्म दर्ता वा नवीकरण नभएका सबै उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो । समितिले पालिकाहरूमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू नवीकरण भए/नभएकोबारे पर्यटन तथा उद्योग कार्यालयबाट विवरण मागेको थियो । कार्यालयले गएको असार मसान्तसम्म जिल्लाभित्रका कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योग नवीकरण नभ...