चार दिनदेखि आकाशमा लागेको बाक्लो तुवाँलोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आन्तरिक उडान प्रभावित बनेको छ । विमानस्थलका अनुसार भिजिबिलिटीअपुग हुँदा भिएफआर प्रणाली जडित जहाजहरुबाट विहानैदेखि उडान हुन नसकेको जनाएको छ । भिएफआरबाट उडान गर्न कम्तिमा पाँच हजार मिटर भिजिविलिटी हुनु पर्ने हुन्छ ।