दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली फुटबलमा कमजोर मानिएका टिमलाई बोलाइएको प्रतियोगिता ‘प्रधानमन्त्री त्रिदेशीय कप’ मा समूह चरणका दुई खेलमा स्वाभाविक लय गुमाएको मात्रै होइन, निकै फितलो प्रदर्शन गरेकाले नेपाली टिम आलोचित भएको थियो । यद्यपि फाइनलमा स्थान बनाएको नेपालले उपाधि होडमा सुधारिएको प्रदर्शन गर्दै लाओसविरुद्ध पछाडि परेको स्थिति उल्टाएर २–१ को नतिजासहित दशरथ रंगशालामा शुक्रबार उपाधि जितेको छ ।
प्रधानमन्त्री त्रिदेशीय कप फुटबलमा नेपाली टिमविरुद्ध दशरथ रंगशालामा शनिबार फाइनल खेल्ने तयारीमा रहेको लाओसका मुख्य प्रशिक्षक माइकल वेसले घरेलु टिम बलियो र संगठित भएको बताएका छन् ।
दैनन्दिनै खेल्नुपर्ने लिगका खेल र खेलाडीहरू अस्ट्रेलिया पलायनको पीडासँगै उपलब्ध फुटबलरले पनि स्वाभाविक लय गुमाएपछि नेपाली राष्ट्रिय टिमले दशरथ रंगशालामा भइरहेको प्रधानमन्त्री त्रिदेशीय कप फुटबलमा समूह चरणका दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेन । भुटानविरुद्ध पहिलोपल्ट बराबरी खेलेर पनि फाइनलमा उभिएको घरेलु टिमले उपाधि होडमा आज शुक्रबार लाओसविरुद्ध सुधारिएको खेल पस्कने अपेक्षा गरिएको छ ।
काठमाडौं – नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्ट घाइते भएका छन् ।भुटानको गोल पोस्टमा गोल किपरसँग ठोकिएर विष्ट मंगलबार घाइते भएका हुन् । विष्टलाई उपचारका लागि ब्लुक्रस अस्पताल लगिएको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको प्रधानमन्त्री त्रिदेशीय कप खेल्ने क्रममा घाइते भएका हुन् ।
प्रधानमन्त्री त्रिदेशीय कप फुटबल प्रतियोगितामा दुई पाहुना टिम लाओस र भुटानवीचको प्रतिस्पर्धा दशरथ रंगशालामा शनिबार साँझ ६ बजे सुरु हुँदैछ । फाइनलमा स्थान बनाउनको लागि ‘निर्णायक’ मानिएको यो खेल रोमान्चक हुने अपेक्षा गरिएको छ ।
काठमाडौं, ८ चैत्र। राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक–एक गोल गरे । अनन्तले खेलको पहिलो हाफमा गोल गरे भने नवयुगले खेलको दोस्रो हाफमा एक […]