काठमाडौं : नेपाल चिकित्सक संघले देशभरका विभिन्न स्वास्थ्य सस्थामा ३० करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।सोमबार पत्रकार सम्मेलन गरी संघले देशभरका दुई सय भन्दाबढी स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको हो।चु ची फाउन्डेशन ताइवानको सहयोगमा चिकित्सक संघले केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, भेन्टिटेलर, एचएफएनसी, पिपिईलगायतका ३० करोड मूल्य बराबरको स्वास्थ्य सामग्र