तीन दशकको इतिहास बोकेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीको गत एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएर आए, एक जनजातिको छोरो राजेन्द्र लिङ्देन । पूर्वपञ्चहरुको दलको उपमाले चिने यस दलको शीर्ष नेतामा क्षेत्री र ब्राह्मण समुदायकै हालीमुहाली थियो । त्यस्तो कठिन परिस्थितिमा पनि आफूलाई पार्टीको सर्वोच्च पदमा खरो उतार्न सक्नु लिङ्देनको उपलब्धि नै हो । लिङ्देन अध्यक्षमा निर्वाचित हुँदै गर्दा देशभरका युवापंक्ति खुसी देखिन्थे, कम्तिमा राष्ट्रिय राजनीतिलाई हाँक्ने एक युवाको उदय भयो भनेर । म भने अलि पृथ