काठमाडौं : बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्।'नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन'ले विदेशी भूमिमा अध्ययन गरिरहेका एवं अध्यापन गर्न आउने नेपाली विद्यार्थीहरुले भोग्नु पर्ने केही समस्याको बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएकाे हाे।एशोसियसनका अध्यक्ष नवीन यादवले कोरोनाको विषम परिस्थितिमा पनि केही कलेजहरुमा परीक्षा एवं इन्टर्नशिपका लागि नेपाली विद्यार्थ