उपत्यकामा सार्वजनिक सवारीको भाडा बढ्यो, वैशाख १ देखि लागू

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर बढेको छ । बागमती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।