रुपेन्द्र पटेल रौतहट : नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि महसुल नबुझाउने ग्राहकहरुको लाइन धमाधम काट्न थालेको छ। चालु आर्थिक वर्षको १० महिनामा नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रले महसुल नतिर्ने १२ सय ९९ ग्राहकको लाइन काटिएको हो।तीन महिनाभन्दा बढी र १० हजारसम्म महसुल भई नबुझाएका ग्राहकहरुको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिएका छन्।१२ सय ९९ ग्राहकबाट ६ करोड १५ लाख ८३ हजार ८ सय ३२ रुपैया ५९ पैसा महसुल