अबिच्युरी : पोखरामा ट्याक्सी चलाउँथे चेतन कार्की

चैत ३१ गते घरव्यवहार मिलाउन देहरादुन (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक, निर्देशक, कवि, गीतकार, उपन्यासकार चेतन कार्की । वैशाख १७ गते भैरहवाको बाटो हुँदै फर्किंदा कार्कीले चार घन्टासम्म लगेज बोकेर हिँड्नुपर्यो । सम्भवतः त्यही बेला कोरोना संक्रमित भएका उनी एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । कोरोनाले नै उनलाई मृत्युको मुखमा धकेलिदियो । […]