अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको चपेटामा

काठमाडौं : अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्।सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्। लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्।जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावन