नेकपा (माओवादी केन्द्र)ले संसदीय छानबिन समितिको प्रतिवेदनन नआउँदासम्म तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताउनुभयो । उहाँले छानबिन नसकिँदासम्म नयाँ अर्थमन्त्रीको प्रस्ताव नगरिने उल्लेख गर्नुभयो । प्रतिनिधिसभाले आज मात्रै ११ सदस्यीय …