सेयर बजारमा 'बुलिस' र 'बियरिस'बीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज 'बुलिस' र 'बियरिस' तीव्र प्रतिस्पर्धा देखिएको छ। सेयर बजार बढाउन चाहने र घटाउन चाहनेहरु आज कारोबार अवधिभर हाबी भएका हुन्। हिजो मंगलबार पनि दुई पक्षबीचको तीव्र प्रतिस्पर्धापछि 'बुलिस' ग्याङले बजारलाई सामान्य अंकले बढाएको थियो। तर, आज बुधबार भने 'बियरिस'ले बजारलाई ५ अंक घटाउन सफल बनेका छन्। बजारमा आज दिनभरको तीव्र उतराचढाव देखियो।