पश्चिम बंगाल निर्वाचनबाट भारतीय राजनीतिले सिकेको ४ पाठ

पश्चिम बंगालमा ममता बनर्जीको तृणमूल कांग्रेसले प्रचण्ड बहुमत ल्याएर तेस्रो कार्यकाल चलाउने भएको छ ।  यस निर्वाचनले भारतीय राजनीतिमा चारवटा पाठ सिकाएको देखिन्छ ।  पहिलो, भारतीय जनता पार्टी रोक्नै नसकिने शक्ति हैन र उसलाई दह्रो जनाधार भएको क्षेत्रीय नेताले हराउन सक्छ । अमित शाहको आक्रामकताले कमजोर विपक्षीलाई मात्र हायलकायल पार्न सक्छ, ममता जस्ती दह्री नेत्रीलाई त्यसले केही फरक पार्दैन । शाहले केन्द्र सरकारका सबै संयन्त्र लगाएर तर्साउँदा पनि हराउन नसकेको उदाहरण उद्धव ठाकरे र ममता बनर्जीले प्रस्तुत गरेका छन् ।  ...