जनता समाजवादी पार्टी नेपाल प्रदेश समितिले सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । उक्त पार्टीले सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको एकल नाम सिफारिस गरेको छ भने सप्तरी–२ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरेको छ ।शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए । नेत्रविक्रम साह तत्कालीन राजपा