भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि मृत्यु हुनेको संख्या ५१ पुगेको छ । उद्धारका क्रममा आइतबार भेटिएका थप १२ शवसहित हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको चमोली जिल्ला प्रशासन कार्यालयको कन्ट्रोल रुमले जनाएको छ ।
१२ मध्ये ६ शव रैनी क्षेत्रबाट, ५ शव तपोवनस्थित एनटीपीसी परियोजनाको सुरुङबाट र अर्को एक शव रुद्रप्रयागमा नदी किनारमा फेला परेको जनाइएको छ । अधिकारीहरूका अनुसार आइतबार भेटिएका सबै शवको पहिचान भइसकेको छ, जसमा कोही पनि नेपाली छैनन् । यसअघि भेटिएका सबै शवको पहिचान भइसकेको छैन । प्रहर...