काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९