अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला, ४१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती हमलामा ४१ जनाको मृत्यु भएको छ। धार्मिक समूह शियाको साँस्कृतिक केन्द्रमा भएको हमलामा अन्य ८० जनाभन्दा बढी घाइते भएका बिबिसीले जनाएको छ। घाइतेमा महिला तथा बालबालिका पनि छन्। हालसम्म घटनाको जिम्मा कसैले लिएको छैन। तालिबान समूहले गरेका आशंका भए पनि उसले यसमा आफ्नो कुनै हात नरहेको बयान जारी गरेको छ।…