काठमाडौं : चिसो मौसम सुरु भएसँगै डेंगीबाट संक्रमित हुनेको संख्या विस्तारै घट्दै गएको बताइएको छ। पछिल्लो एक हप्तादेखि अस्पतालमा डेंगीका बिरामी ह्वात्तै घटेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका बहिरंग सेवा विभागका प्रमुख शंखर पाण्डे।अहिले दैनिक दुई सय जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी ओपिडीमा आउने तर उनीहरूमध्ये धेरैलाई डेंगीभन्दा पनि मौसमी रुघाखोकी भएको पाण्डेले बताए। ‘चिसो सुरु भएसँगै डेंगीका बिरामी ह्वात्तै घटेका छन्। हाल दैनिक हाम्रो ओपिडीमा आउने धेरै बिर