नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शरदकुमार गौचनको चौथो स्मृति दिवसको अवसरमा शनिवार महासंघ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए । त्यस्तै, महासंघका अध्यक्ष रवि सिंहले गौचन नहुँदा समग्र निर्माण उद्योगमा अहिले पनि