भारतीय टेलिभिजन कलाकार श्वेता तिवारीले कराडौंका आस्थाका केन्द्र भगवान्का विषयमा विवादित बयान दिएकी छन् ।
भोपालमा आयोजित एक प्रमोसनल कार्यक्रममा श्वेताले ‘मेरो ब्राको साइज भगवान् लिँदैछन्’ भनेर विवादित बयान दिएकी हुन् ।
श्वेताले ख्यालठट्टामै यस्तो बयान दिएको भए पनि करोडौंको आस्थामा ठेस पुर्याएको भन्दै विवाद मच्चिएको छ । भोपालका गृहमन्त्री डा. नरोत्तम मिश्राले श्वेताको अभिव्यक्तिमा ध्यानाकर्षण भएको जनाएका छन् ।
गृहमन्त्री मिश्राले पत्रकारसँग भने, ‘श्वेताको बयान मैले सुनेको छु, देखेको छु, त्यो बयानको ...