शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोबारमा नेप्से १४५.०८ अंक घटेको हो । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको छ । शेयर बजार लामो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ । बजारमा आएको निरन्तर गिरावटका कारण १० महिना अघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव ११२० अंकले गिरावट आएर २०७८.७० अंकको बिन