एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा उम्मेदवारको लगायो टुंगो

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुई/दुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।