नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको छ । सरकारी तथा निजी क्षेत्रबाट विदेशी पर्यटक भित्र्याउनका लागि स्वदेशमा मात्रै होइन, विदेशमा पनि प्रचार प्रसारलाई व्यापक बनाइएको छ ।
सरकारको तर्फबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेर नेपाल भ्रमण वर्षको प्रचार प्रसार गरेर फर्किएका छन् । त्यस्तै निजी क्षेत्रबाट पनि भ्रमण वर्ष सफल पार्नका लागि तथा नेपाली संस्कृति र सम्पदालाई विदेशमा प्रचार प्रसार गर्न एसएपी इन्टरटेण्टमेण्टको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा फेशन अफ हेरिटेज २०२० को आयोजना हुने भएको छ ।