बहिर्गमित जनमुक्ति सेनाको मागः सम्मानपत्र र परिचयपत्र देउ

बहिर्गमित जनमुक्ति सेना नेपालले अयोग्यको बिल्ला खारेज गर्दै राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ । बर्हिगमित जनमुक्ति सेनालाई आर्थिक प्याकेज, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने लगायतका माग गरेको छ । नेपाल सरकार र बहिर्गमित जनमुक्ति सेना नेपालबीच विभिन्न चरणको वार्तामा भएका सहमतिहरु तत्काल कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

सम्बन्धित सामग्री

अयोग्यको बिल्ला खारेज गरियोस्- बहिर्गमित जनमुक्ति सेना नेपाल

बहिर्गमित जनमुक्ति सेना नेपालले आफूहरूलाई लगाइएको अयोग्यको बिल्ला खारेज गर्दै सम्मानयुक्त शब्दसहित राज्यद्धारा सम्मानपत्र र परिचयपत्र दिनुपर्ने माग गरेको छ।

बहिर्गमित लडाकुको माग सम्बोधन गर्न कार्यदल बनाइने छ : गृहमन्त्री थापा

सेना समायोजनका बेला नेपालका लागि  संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) को प्रमाणीकरणमा नपरी बहिर्गमित भएका तत्कालीन नेकपा माओवादीका लडाकुको  माग सम्बोधन गर्न कार्यदल गठन गरिने भएको छ । गृह मन्त्रालयमा आज बहिर्गमित जनमुक्ति सेना नेपाल सङ्घर्ष समितिको  ज्ञापनपत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले समितिले राखेको मागको अध्ययन गरी त्यसलाई कार्यदल बनाएर सम्बोधन गरिने आश्वासन दिए । उनले राज्यले परिचयपत्र उपलब्ध गराउने, अयोग्य भन्ने शब्द हटाउनेलगायत मागलाई पनि सम्बोधन गर्ने आश्वासन द