१ भदौ, काठमाडौं । जापानमा हुने टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई कामरु ट्रेडिङ प्रालिले केल्मीको खेल पोशाक मंगलबार प्रदान गरेको छ । नेपालमा केल्मीको आधिकारिक बिक्रेता कामरुले पूर्वसम्झौता बमोजिम टोलीलाई खेल पोशाक प्रदान गरेको हो । कामरुले टोकियोमै सम्पन्न ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि केल्मीको खेल पोशाक प्रायोजन गरेको थियो । […]