बारा : बाराको सिमरा विमानस्थलको धावनमार्ग मर्मत सम्पन्न गर्न ठेकेदार कम्पनीले आलटाल गरेको छ। नियमित मर्मत कार्य गरेर समयमै सम्पन्न गर्नुको सट्टा मुख्य ठेकेदार सम्पर्कविहीन भएर गैरजिम्मेवार बन्नुले आलटाल प्रष्ट भएको छ।जेठ २४ गतेदेखि धावन मार्गको मात्रै मर्मतको काम सुरु गरेको ठेकेदार कम्पनीले २० दिनमा (असार १२ गतेभित्र) काम पूरा गर्ने सम्झौतामा उल्लेख छ। तर ५३ दिन बढी भइसक्दा पनि १० प्रतिशत काम अधुरै छ भने ठेक्काको अन्य पाटो छुनै बाँकी छ।सप्तकोशी जलाधार ओमसाई प्रालिले एक हजार एकसय ९२ मिटर धाव