नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति साउनको पहिलो हप्ताभित्रै ल्याउने तयारी गरेको छ । त्यस्तो कुनै घटना नभए वा समस्या आइ नपरे साउनको पहिलो हप्ता नै मौद्रिक नीति ल्याउने गरी बैंकले तयारी गरेको राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले बताए ।तर, मौद्रिक नीतिको तयारी गरिरहेको बैंकलाई यस पटक दोहोरो दबाब परेको छ । एकातर्फ बाह्य प्रभावबाट मुलुकको अर्थतन्त्रलाई बचाउनुपर्ने र अर्कोतर्फ निजी क्षेत्रसँगै उत्पादनमा केन्द्रित मौद्रिक नीतिले सरकारले लिएको उच्च दरको आर्थिक वृद्धिल