कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका भारतीय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहनुभएका क्रिकेटका हस्ती सचिन तेन्दुलकर अस्पताल भर्ना हुनुभएको छ । सङ्क्रमित भएर घरमै आइसोलेशनमा बस्नुभएका उहाँ छैटाैं दिनमा मात्रै अस्पताल भर्ना हुनुभएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सचिन तेन्दुलकरले कोभिड लागेपछि साबधानी अपनाउने क्रममा चिकित्सकको सुझाबमा अस्पताल भर्ना हुनुभएको हो । गत मार्च २७ मा उहाँमा सङ्क्रमणको पुष्टि भएको थियो ।