'दुर्गमका सर–मिस'काे अनुभव : शिक्षकहरु सदरमुकामसम्म पुग्ने, विद्यार्थीसम्म नपुग्ने

कास्की – गएको भदौमा शिक्षक सेवा आयोगले माविस्तरीय १५ सय जना शिक्षक माग गर्दै विज्ञापन निकाल्यो । तर, त्याे परीक्षामा करिब ११ सय जनामात्रै उत्तीर्ण हुन सके । बाँकीले न्यूनतम अंक पनि पूरा गर्नै सकेनन् । खोलिएको विज्ञापनमा पनि ४ सयजनाको दरबन्दी फेरि रिक्त हुन पुग्यो । त्यसमा पनि शिक्षक सेवा आयोग पास गरेका केहीले लोकसेवामा नाम निकाल्दै नियुक्ति पत्र लिनै आएनन् । आखिर किन यस्तो भइरहेको छ त ? शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालको टिप्पणी छ, ‘नेपालमा शिक्षण पेशाप्रति बढ्दै गएको वितृष्णा र अरुचि ।’ पोखर...