काठमाडौँ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज बुंगमतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुंगमती राखिने चलनअनुसार आज तःबहाल ल्याइएको हो। विशेष साइतअनुसार बुंगमती गएर पूजापाठ र गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ पुजारी अर्थात् पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर खटमा बोकेर पाटन ल्याइएको हो। किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न […]