जग्गा सट्टापट्टा प्रकरण : माधव र मिनेन्द्रमाथि मुख्य निर्णयकर्ताको आरोप, ९७ प्रतिवादीमा को-को परे ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरको हदबन्दी छुटको जग्गा सट्टापट्टा गरी निजी व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलबार विशेष अदालतमा दर्ता गरेको आरोपपत्रमा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको दाबी गरेको छ । […]