दसैँ बिदामा पनि आवश्यकताअनुसार आयल निगमका डिपो खुल्ने

नेपाल आयल निगमले दसैँको सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन आवश्यकताअनुसार डिपो सञ्चालन गर्ने भएको छ। निगमले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार स्थानीय माग तथा आवश्यकताका आधारमा प्रादेशिक कार्यालय, शाखा कार्यालय र डिपो खोल्ने तालिका तय गरिएको हो। चाडपर्वमा उपभोक्तालाई इन्धन अभाव हुन नदिन यस्तो व्यवस्था मिलाइएको निगमले जनाएको छ। बिदाका समयमा इन्धन आपूर्ति […]