संस्थागत लगानी बढाउन सेबोनको पहल, सञ्चय कोषदेखि बीमा प्राधिकरणसम्मसँग छलफल

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने उद्देश्यले उच्चस्तरीय छलफल सम्पन्न गरेको छ। बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमअनुसार संस्थागत लगानीकर्ताको भूमिका सशक्त बनाउने तयारीस्वरूप सम्बन्धित निकायसँग छलफल गरेको हो। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टको उपस्थितिमा भएको छलफलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा […]