भारतीय नम्बर प्लेटको एम्बुलेन्स गाँजा लोड गरिएको अवस्थामा  नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन् ।