अफगानिस्तानको बदख्सानमा हिमपहिरोमा फसेका चार जना मृत फेला

काबुल – अफगानिस्तानको उत्तरी भागमा पर्ने बदाख्सान प्रान्तमा हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव बुधबार फेला परेको प्रान्तीय प्रहरीका प्रवक्ता एहसानुल्लाह कामगरले जानकारी दिएका छन् । तीन दिनअघि रागिस्तान जिल्लामा हिमपहिरोमा परी ज्यान गुमाएका ती व्यक्तिको शव बुधबार फेला परेको हुँदा परिवारलाई हस्तान्तरण गरिएको अधिकारीले बताएका छन् । कामगरले घटनाबारे थप विवरण भने दिनुभएन […]