आप्रवासीलाई पक्राउबाट जोगाएको अभियोगमा दोषी ठहरपछि अमेरिकी न्यायाधीशले दिइन् राजीनामा

अमेरिकाको विस्कन्सिन राज्यकी एक न्यायाधीशले आप्रवासन पक्राउबाट एक आप्रवासीलाई जोगाउन सहयोग गरेको अभियोगमा दोषी ठहर भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छन्। सञ्चारमाध्यमका अनुसार मिलवाकी काउन्टी सर्किट अदालतकी निर्वाचित न्यायाधीश हाना डुगनले शनिबार औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। गत महिना उनलाई अदालतको कारबाहीमा अवरोध गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अभियोजकहरूका अनुसार डुगनले घरेलु हिंसासम्बन्धी मुद्दामा […]