बाढीपहिरो क्षतिः करिब ११ करोड १५ लाख बीमा भुक्तानी

मिति २०८२ साल असोज १८ गतेयता देशका विभिन्न स्थानमा परेको अविरल वर्षा तथा बाढी–पहिरोबाट भएको भौतिक तथा अन्य क्षतिका कारण निर्जीवन बीमा कम्पनीहरूमा ठूलो संख्यामा बीमा दाबी परेका छन् । बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म निर्जीवन बीमा कम्पनीहरूमा कूल ७९० वटा प्रारम्भिक बीमा दाबी दर्ता भएका छन्, जसको कूल प्रारम्भिक दाबी रकम करिब ४ […]